Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दशैंको समयको बीचमा आन्दोलनमा उत्रिएका नेपाल एयरलाइन्सका क्याबिन क्रु (विमान परिचारक/परिचारिका)सँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले वार्ता गरेका छन्। शनिवार आन्दोलनरत क्याबिन क्रु समूह र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले चाडपर्वको बेला अत्यावश्यक सेवा अवरुद्ध नगर्न आग्रह गरे।

वार्तामा मन्त्री पाण्डेले सर्वोच्च अदालतले दुई पटक आदेश दिए पनि अन्तिम निर्णय नभइसकेको विषयमा कानुनी सल्लाह लिने प्रतिबद्धता जनाए। उनले आन्दोलनरत क्रुहरूलाई चाडपर्वको समयमा सेवा जारी राख्न विशेष अपिल गरेका छन्।

नेपाल एयरलाइन्सका क्याबिन क्रुहरू ४५ वर्षको अनिवार्य अवकाश उमेर सीमा हटाउन र सेवा सुविधामा देखिएको विभेदलाई हटाउन आन्दोलन गर्दै आएका छन्। यो विषयमा उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। जसको निर्णय अझै आइसकेको छैन। हालै निगमले ४५ वर्ष पुगेका क्रुहरूको करार नवीकरण नगरेपछि असोज १६ बाट उनीहरूले आन्दोलन थालेका हुन्।

आन्दोलनका कारण दुबई र हङकङका दुई उडान रद्द भएका थिए। सचिवालयले वार्ता सकारात्मक दिशामा रहेको र क्याबिन क्रुलाई काममा फर्काउने उद्देश्यले छलफल अघि बढ्ने जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया