Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दशैं र तिहारको समय भए पनि विदेश जाने नेपालीहरूको संख्यामा कुनै कमी देखिएको छैन। देशभित्र र बाहिरका नेपालीहरू दशैं मनाउन गाउँ फर्किरहेका बेला, रोजगारी र अध्ययनको लागि विदेशिनेहरू पनि उत्तिकै सक्रिय छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरूलाई टीका र खादा लगाएर परिवारको साथ बिदाइ गर्दै विदेशिने दृश्यहरू सामान्य देख्न सकिन्छ। दशैंको रमाइलोमा सहभागी हुन नपाए पनि परिवारको भविष्य र आर्थिक सुरक्षाका लागि विदेश जान लागेको उनीहरुको भनाइ छ ।

वैदेशिक रोजगार र उच्च शिक्षाको खोजीमा विभिन्न देशतर्फ जाने क्रम जारी छ। चाडपर्वको समय भए पनि भदौ महिनामा मात्रै ५७ हजार ४९३ नेपालीले देश छाडेका छन्। वैदेशिक रोजगार विभागका अनुसार, चालू आर्थिक वर्ष ०८१–०८२ को भदौमा ५० हजार ७७० पुरुष र ६ हजार ७२३ महिला विदेशिएका छन्। यो संख्या साउनमा विदेशिने ६० हजार नेपालीभन्दा अलिक कम भए पनि, निरन्तरता भने कायम छ।

 

 

तपाईको प्रतिक्रिया