Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – मकवानपुर प्रहरीले शनिबार बिहान ठुलो मात्रामा सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले पूर्व-पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोस्टमा स्कुटर जाँच गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद गरेको हो ।

सुनसहित पक्राउ परेका व्यक्तिहरूमा भारतको महाराष्ट्र, सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । प्रहरीका अनुसार उनीहरूले जनकपुरबाट पथलैयासम्म बसमा यात्रा गरेका थिए भने पथलैयाबाट स्कुटरमा हेटौंडा हुँदै काठमाडौं जाने क्रममा सुनसहित पक्राउ परेका हुन् ।

मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्काको नेतृत्वमा गएको टोलीले उनीहरूलाई पक्रेको हो । प्रारम्भिक अनुसन्धानले उनीहरूले काठमाडौंको गौशाला क्षेत्रसम्म सुन पुर्‍याउन लागेको खुलाएको छ ।

बरामद गरिएको सुनको अनुमानित बजार मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी अनुसन्धानले यो गिरोह हङकङबाट सञ्चालित रहेको आशंका गरेको छ ।

यसअघि असोज ८ गते पनि कुटी र बाडले २ किलो सुन काठमाडौं पुर्‍याएको खुलेको छ । बरामद भएको सुन र पक्राउ परेका युवालाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया