Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

टोकियो – जापानको एउटा विमानस्थलमा विश्वयुद्धको समयमा अमेरिकाले फ्याकेको बम विष्फोट भएको छ । बुधबार दक्षिण पश्चिम जापानको मियाजाकी विमानस्थलमा सो बम विष्फोट भएको थियो ।

विष्फोटको समयमा आसपासमा कुनै विमान थिएन । ट्याक्सी हिँड्ने बाटोमा बम विष्फोट हुँदा खाल्डो बनेको छ । आत्मरक्षा बल र प्रहरीले गरेको अनुसन्धानपछि विष्फोट भएको बम ५०० पाउन्ड तौलको अमेरिकाले फ्याकेको बम भएको खुलासा भएको छ ।

विष्फोटपछि अरु खतरा नभएको बताइएको छ । बम के भएर पड्कियो भन्ने खोजी भइरहेको छ । विष्फोटका कारण ट्याक्सी वेमा ७ मिटर ब्यासको १ मिटर गहिरो खाल्डो परेको छ । यो घटनापछि विमानस्थलबाट हुने ८० वटाभन्दा धेरै उडान रद्द गरिएको मन्त्री परिषद्का मुख्यसचिव योशिमासा हायाशीले भनेका छन् ।

मियाजाकी विमानस्थल सन् १९४३ मा बनाइएको थियो । यसलाई पूर्वशाही जापानी हवाई सेनाको उडान तालिम क्षेत्रको रुपमा बनाइएको थियो । यस क्षेत्रमा दोस्रो विश्व युद्धयताका अमेरिकी सेनाले फ्याकेको तर विष्फोट भइनसकेका कयौं बम रहेको रक्षा मन्त्रालयका अधिकारीले भनेका छन् । जापानभर अझै पनि विश्वयुद्धको समयको सयौं टन विष्फोट नभएका बम पुरिएर बसेका छन् । सीएनएन

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया