Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नवरात्रको दोस्रो दिन आज, दसैँघर वा पूजा कोठामा नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको विधिपूर्वक पूजा गरिँदै छ। यसअघि नवरात्रको पहिलो दिन बिहीबार घटस्थापना गरि जौँको जमरा राखिएको थियो र पहिलो देवी शैलपुत्रीको पूजाआराधना गरिएको थियो।

दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजासँगै, नवदुर्गाका अन्य देवीहरूको पूजामा पनि दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायतका धार्मिक ग्रन्थ पाठ गरिन्छ। धार्मिक मान्यताअनुसार, नवरात्रमा देवीको आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म वैदिक सनातन धर्मावलम्बीहरूले विशेष विधिपूर्वक देवी दुर्गाको आराधना गर्छन्। नौ दिनसम्मको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाइन्छ।

 

 

तपाईको प्रतिक्रिया