Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – स्पा उपचार पद्धति नौलो लागे पनि यो परापूर्व कालदेखि नै चल्दै आएको विधि हो । कुनै बेला युरोपेली मुलुकहरूले जमेको पानी अथवा झरनामार्फत उपचार गर्थे, जसलाई ‘स्पा’ भन्ने गरिन्थ्यो ।

खास गरी खनिज तत्त्व मिसिएको पानीमा स्नान गर्दा विभिन्न रोग निको हुने भएकाले रोमन सभ्यतादेखि नै जल चिकित्सा प्रचलनमा रहँदै आएको हो ।

स्पा यस्तो थेरापी हो, जसले शरीर, मन, विचार, भाव हुँदै आत्मासम्मलाई परिशुद्ध पारी पूर्ण आनन्द दिन्छ । स्पा पहिले उपचार पद्धति थियो । बदलिँदो सोच र सभ्यता सँगै अब यो आराम र आनन्दको माध्यम पनि भएको छ ।

सामान्यतः स्पा ३ घण्टाको हुन्छ । साउन स्टिम, आयुर्वेदिक मसाज, हट स्टोन मसाज, ज्वाइन्ट पेन रिलिफ मसाज, रिल्याक्सन मसाज जस्ता हुन्छन् ।

स्पा सेवा लिनाले मानिसको शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यमा सुधार हुन्छ । यसले स्नायु प्रणालीलाई पुर्न ताजगी बनाउँछ र यस्ता समस्या निको पार्न मद्दत गर्छ । स्पा व्यस्त जीवनलाई सन्तुलित राख्ने उत्तम विधि हो ।

यस्तो धपेडीपूर्ण दिनचर्यालाई तनावरहित, सुखद र आनन्ददायक बनाउने एक उत्तम माध्यम हो । तनाव तथा अनिन्द्रा छ र त्यसलाई कम गर्न चाहनु हुन्छ भने पनि स्पा एकदम उपयुक्त माध्यम हो ।

यसबाट शरीरका हरेक छिद्र खुल्छन् र शरीरमा भएका विषादी बाहिर निस्कन्छन् । यसबाट नशा च्यापिएको, ढाड दुखेको जस्ता थुप्रै समस्याबाट राहत मिल्छ ।

तपाईको प्रतिक्रिया