Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

ललितपुर – गत असोज १२ गते नख्खु खोलाको उर्लँदो बाढीमा हामफालेर दुई जनाको ज्यान बचाएका चनिकलाल तामाङ साहसी युवा भनेर हाल निकै चर्चामा छन् । चर्चामात्र होइन, हाल उनलाई दैनिकजसो सम्मान गर्ने गरिएको छ ।

बुधबार ललितपुर महानगरपालिकाले पनि तामाङलाई सम्मान गर्‍यो । सम्मान कार्यक्रममा उनले श्रीमती र छोरीले नजाऊ भन्दाभन्दै खोलामा हामफालेर दुई जनालाई बचाएको सुनाए ।

खोलामा बग्दै आएको मान्छे देखेपछि आफूले हेरेर बस्न नसकेको उनको भनाइ छ । ‘ठूलो खोला थियो, काठ तथा अन्य सामान पनि बगाएर ल्याएको थियो, मान्छेलाई खोलाले बगाउँदै नजिकै ल्यायो, मन थाम्न सकिन, श्रीमती र छोरीले नजाऊ बगाउँछ भन्दै थिए तर उनीहरू र आफ्नो प्रवाह नगरी हामफालेर बचाएँ,’ उनले भने ।

उनले मानवताको भावनाले ज्यान बचाएको र पछिल्लो समय आफ्नो कामको यति धेरै चर्चा सुनेपछि मात्रै त्यसको महत्व थाहा पाएको धारणा राखे। तामाङले आफूले कल्पनामा पनि यस्तो सम्मान पाइएला भन्ने नसोचेको भन्दै महानगरप्रति आभार व्यक्त गरे। ‘मलाई कुनै सम्मानको आश थिएन तर पनि नगद एक लाखसहित तपाईँहरूले गरेको यो सम्मानप्रति म निकै खुसी छु,’ उनले भने ।

ललितपुर महानगरले चनिकलाललाई नगद एक लाख र सम्मानपत्र प्रदान गरेको थियो । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले चनिकलालले गरेको यो महत्त्वपूर्ण मानवीय कार्यको जति प्रशंसा गरेर पनि अपूरो हुने भन्दै ठूलो जोखिम मोलेर दुई जनाको ज्यान बचाएकामा धन्यवाद दिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया