Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरहरा अवलोकन गर्न आउनेको संख्या एक लाख नाघेको छ। सहरी विकास भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार मंगलबारसम्म १ लाख ६ हजार ४९० जनाले धरहरा चढेका छन्।

सहरी विकास मन्त्रालयले असोज ३ गतेदेखि धरहरा सर्वसाधारणको लागि खुला गरेको थियो। आइतबार प्रतिकूल मौसमका कारण धरहरा प्रवेश बन्द गरिएको थियो र उक्त दिनको टिकट लिएका ग्राहकलाई अन्य मितिमा चढ्न सकिने व्यवस्था गरिएको छ।

धरहरा चढ्नका लागि दैनिक ६०० भन्दा बढी महिलाहरू र ४०० भन्दा बढी पुरुषहरूलाई अनुमति दिइने गरिएको छ। धरहराको टिकट बुकिङ अहिले एक सातासम्मका लागि अर्थात् असोज २२ गतेसम्म, पूर्ण भइसकेको छ।

 

 

तपाईको प्रतिक्रिया