समाचार सुन्नुहोस :
काठमाडौँ – हालैको बाढीपहिरोमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १५८ जना घाइते भएका छन्। गृह मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ।
प्रभावित व्यक्तिहरूलाई खाद्यान्न र अन्य राहत सामग्री वितरण भइरहेको छ साथै घाइतेहरूको निःशुल्क उपचार व्यवस्था गरिएको छ। सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको लागि अथक प्रयास भइरहेको मन्त्रालयले बताएको छ।