Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – दुईवटा मुद्दामा आफ्नै घरबाट पक्राउ परेका विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौँ जिल्ला अदालतले आमाको भूमिका खेलेको टिप्पणी गरेका छन् ।

विकृति, विसंगति र नालायक जन्मिएपछि अदालतले आमाको भूमिका गर्नुपर्ने आफूलाई लागेको भन्दै जिल्ला अदालतले सो भूमिका निर्वाह गरेको उनले बताए । ‘न्याय मरेको छैन । विकृति, विसंगति र नालायक जति जन्मिन्छन्, त्यतिबेला आमाको भूमिका अदालतले आमाको भूमिका गर्नुपर्छ भन्ने मलाई लागेको थियो । आमाको भूमिका आज काठमाडौँ जिल्ला अदालतले गरेको छ। धेरै धेरै धन्यवाद,’ मंगलबार अदालतबाट रिहाइ भएपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईंले भने ।

उनले आफूलाई बयानका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमाथि किन यस्तो बोलेको भन्दै प्रश्न गरेको बताए । ‘केपी ओलीलाई किन यस्तो भनेको ? प्रचण्डलाई किन यस्तो भनेको? शेरबहादुरलाई किन यस्तो भनेको ? भनेर सोधियो,’ प्रसाईंले भने ।

काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर प्रसाईं रिहा भएका हुन् ।

तपाईको प्रतिक्रिया