Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेप्सेमा आज ११४ अंकको वृद्धि भएको छ । कारोबारको सुरुदेखि बढेको बजार अन्तिम समयसम्म कायमै रह्यो । मंगलबार सेयर बजार नेप्से ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा रोकिएको हो ।

३०७ कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँको कारोबार भएको छ । सूचकले सेन्चुरी पार गर्दा कारोबार रकममा समेत सुधार आएको छ ।

कारोबारमा २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ कम्पनीको घटेको छ । कारोबारमा यूनिलिभर नेपालको सेयर मूल्य घटेको छ । कारोबारमा १८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै करिब १० वटा कम्पनीको सेयर मूल्य सर्किट तहमा मूल्य बढेको छ । यो दिन सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

 

तपाईको प्रतिक्रिया