Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्र मन्त्री आरजु राणा देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमवार भेटघाट भएको छ। यो भेट अमेरिकास्थित नेपाली राजदूतावासमा सम्पन्न भएको थियो। सो भेटमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको एमसीसी परियोजनाको प्रगति र यस अन्तर्गतका परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको जानकारी दिइएको छ।

एमसीसी कम्प्याक्ट अन्तर्गत नेपालमा विद्युतीय प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिको कार्य अघि बढिरहेको छ। यस परियोजनामा एमसीसीले नेपाललाई ५० करोड अमेरिकी डलरको अनुदान सहयोग प्रदान गरेको हो।

परराष्ट्र मन्त्री डा. राणा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन अमेरिका पुगेकी थिइन् र कतारको दोहा प्रस्थान गर्नुअघि उक्त भेटवार्ता सम्पन्न भएको हो।

 

 

तपाईको प्रतिक्रिया