Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै तीनजनालाई कैद सजाय सुनाएको छ। पूर्ण इजलासले आइतबार दिएको निर्णय अनुसार राजकुमार तिमल्सिनालाई ६ महिना कैद, सम्पादक नवीन ढुंगानालाई र प्रकाशक युवराज कँडेललाई तीन-तीन महिना कैद सजाय दिइएको हो। साथै, सिधाकुरा डटकमलाई ५ हजार रुपैयाँ जरिवाना तिर्न आदेश दिइएको छ।

सम्पादक ढुंगाना र प्रकाशक कँडेलले अदालतमा क्षमायाचना गर्दै पुन: त्यस्तो गल्ती नदोहोर्याउने प्रतिज्ञा गरेमा तीन महिनाको सजाय सात दिनमा घटाइने आदेश गरिएको छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा रहेको बृहत इजलासले यो फैसला सुनाएको हो।

सिधाकुरा डटकमले अख्तियारले गर्ने स्टिङ अपरेसनसम्बन्धी नियमावली खारेज गर्ने फैसलापछि ‘डार्क फाइल्स’ शीर्षकमा शृंखलाबद्ध समाचार प्रसारण गरेको थियो। ती समाचारहरूमा ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतको निर्णय’ जस्ता आरोप लगाइएको थियो, जसका कारण सर्वोच्चमा रिट दर्ता भएको थियो।

 

 

तपाईको प्रतिक्रिया