Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिँदा दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका-४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका-८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपीडाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए । मृत्यु हुनेमध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए । भुजेललाई बा २१ च ७५२३ नम्बरको र सिंजालीलाई ज १ च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

तपाईको प्रतिक्रिया