Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

जापानको टोकियोमा दशैंको टीकाको उत्तम साइत १३ अक्टोबर ११ बजेर ३५ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति प्रा.डा. माधव भट्टराईले जानकारी दिए । उनका अनुसार टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि शुभसाइत दिइएको हो । नेपालमा भने विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा छ ।

भारतमा अक्टोबर १२ (समय: ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय: १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय: ११ः२१), मेलबर्न (समय: ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०ः२१), कतारमा अक्टोबर १२ (समय: ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ ।

कुन देशमा टीकाको साइत कहिले रहेको छ, स्थानीय समयअनुसार हेर्नुहोस् :-

तपाईको प्रतिक्रिया