Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बिहीबारदेखि शनिबार साँझसम्म परेको भारी वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ। आइतबार बिहानसम्मको अद्यावधिक तथ्यांकअनुसार बाढी, पहिरो र डुबानमा परेर १०२ जनाको मृत्यु भएको छ भने ६४ जना अझै बेपत्ता रहेका छन्।

यस्तै ४५ जना घाइते भएका छन् । यस्तै १९५ वटा घर र ८ वटा पुलमा क्षति पुग्दा ३ हजार भन्दा बढीको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार बाढी तथा पहिरोमा परेर ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएकाे छ ।

तपाईको प्रतिक्रिया