Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दशैंका लागि यस वर्ष सुकिला नोट साट्न आज आइतबारदेखि सुरु भएको छ। नेपाल राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालय, प्रदेशका शाखा कार्यालयहरू र अन्य बैंकहरूबाट सुकिला नोट साट्न सकिने जानकारी दिएको छ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखरेलका अनुसार यस वर्ष नयाँ नोटको साटो एकपटक प्रयोग भइसकेका तर सफा र नयाँजस्तै देखिने नोटहरू साटिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले हरेक वर्ष दशैं जस्ता चाडपर्वका लागि नयाँ नोट वितरण गर्दै आएको भए पनि यसपटक बैंकले नयाँ नोट वितरण नगर्ने निर्णय गरेको छ।

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्मका ५, १०, २०, ५० र १०० दरका नोटहरू साट्न पाउनेछन्। बैंकले साना दरका नयाँ नोटको व्यवस्थापनमा देखिएको समस्यालाई ध्यानमा राख्दै यो कदम चालेको हो।

 

 

तपाईको प्रतिक्रिया