Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले बाढी, पहिरो र डुबानका कारण घाइते भएकाहरूको निशुल्क उपचार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिँदै यस्तो विपत्तिमा परेकाहरूको उपचार निःशुल्क गरिने बताए।

त्यसैगरी, बैठकले अवरुद्ध सडकहरूको पुनः सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। साथै, प्रभावित क्षेत्रहरूमा खानेपानी र विद्युत् सेवा पुनःस्थापित गर्न सम्बन्धित मन्त्रालयहरूले तत्कालै कदम चाल्ने निर्णय पनि भएको छ।

यसका साथै हालका बाढी र डुबानका कारण केही विद्यालय भवन डुबानमा परेका र सडकहरू अवरुद्ध भएका कारणले गर्दा चलिरहेका परीक्षा स्थगित गरिएको छ। परीक्षा पुनः सञ्चालनको मिति र समयबारे शिक्षा मन्त्रालयले सूचना जारी गरेर जानकारी गराउने सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया