Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अविरल वर्षाका कारण सिर्जित विपदबारे प्रधानमन्त्री कार्यालयमा कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको आकस्मिक बैठक जारी छ ।

शनिबार कार्यबाहक प्रधानमन्त्रीले अविरल वर्षापछि देशभर सिर्जित भइरहेको विपदजन्य परिस्थितिबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिरहेका हुन् । बैठकमा उद्दार, राहत र घाइतेको उपचारमा गम्भीरतापूर्वक छलफल भइरहेको बताइएको छ ।

यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो । गत बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशभरमा विभिन्न विपदजन्य घटनाहरु घटिरहेका छन् । वर्षाका कारण अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र ३२ जना र देशभर ५० जनाभन्दा बढीको मृत्यू भइसहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया