Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौँमा निरन्तरको वर्षापछि उत्पन्न विपद व्यवस्थापनका लागि नगर प्रहरीले १७ वटा टोली परिचालन गरेको छ। काठमाडौँ महानगरपालिकाका अनुसार ३ सयभन्दा बढी नगर प्रहरी अधिकारी र जवानलाई डुबान भएका क्षेत्र, नदी किनारा, रुख ढलेका सडक लगायत जोखिमपूर्ण स्थानमा जनधनको क्षति न्यूनीकरण गर्न तैनाथ गरिएको छ।

विपद् व्यवस्थापनका लागि टोलीहरू वंशीघाट, कुशेश्वर, जडिबुटी, टेकु, स्वयम्भू, बसुन्धरा, कपन, शंखमुल, न्युरोड, गणेशस्थान लगायतका क्षेत्रमा परिचालित भएका छन्। स्थानीयले दिएको सूचना, हटलाइन टेलिफोनमा टिपिएका अनुरोधलाई तत्काल सम्बोधन गर्ने प्रयास गरेको महानगरले जनाएको छ।

जलजन्य विपद (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए काठमाडौँ महानगरपालिकाले हट लाइनहरु १६६००१०५५११ वा ११८०, महानगर प्रहरी बलको हटलाइन ९८५१३५६५०९ मा तत्काल सम्पर्क गरेर अवस्थाका बारेमा जानकारी गराउन आग्रह गरेको छ। साथै, आपतकालीन अवस्थामा निःशुल्क एम्बुलेन्स सेवाका लागि १०२ मा फोन गर्न पनि अनुरोध गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया