Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले आजदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ। राजधानी काठमाडौँबाट चाडपर्व मनाउन घर फर्किन चाहने यात्रुलाई लक्षित गरेर यो सुविधा उपलब्ध गराइएको हो। पाँच दिनपछि घटस्थापना हुने भएकाले यात्रुहरू बिहानैदेखि नयाँ बसपार्कमा टिकट काट्न भीडभाड गरिरहेका छन्।

पश्चिमका दार्चुला, धनगढी, बाजुरा, रुकुम, प्यूठान लगायतका स्थानमा जाने यात्रुको संख्या उल्लेखनीय छ। अनलाइन टिकट बुकिङको सुविधा भए पनि अधिकांश यात्रु लाइनमा बसेर टिकट काटिरहेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार, बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको छ। तर, मुलुकभरको अविरल वर्षाले राजमार्ग अवरुद्ध भएका कारण यात्रुहरूलाई समस्या परेको छ।

सिटौलाले दसैँको यात्रामा बसको अभावले यात्रुहरू रोकिने अवस्था नहुने दाबी गरेका छन्। सरकारले लामो र मध्यम दूरीका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनादेखि खुलाइने छ।

तपाईको प्रतिक्रिया