Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार राति देशका अधिकांश भूभागमा भारी वर्षा भएको छ। विहिबार देखि सुरु भएको वर्षा शनिबार रातिसम्म निरन्तर जारी रह्यो। यस वर्षाका कारण प्रायः सबै नदी-नालाहरुको जलसतह खतराको बिन्दु नाघेको छ भने पोखरी तथा तलाउमा पानीको स्तर पनि निकै माथि पुगेको छ। काठमाडौँ उपत्यकाका नदीनालाहरुमा पनि पानीको जलसतहले खतराको बिन्दु पार गरेका छन्।

नेपाल प्रहरीले अधिकांश सडकहरू पहिरोका कारण अवरुद्ध भएको जानकारी दिएको छ। रातभरिका घटनाको क्षति विवरण भने अझै प्राप्त भएको छैन। प्रहरी र मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई घरभित्रै सुरक्षित रहन तथा अत्यावश्यक कामबाहेक बाहिर नजान आग्रह गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया