Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – धादिङको धुनिबेँसीको सिस्नेखोलामा पहिरोसँगै आएको लेदोका कारण धादिङको नौबिसे नागढुंगा खण्ड अवरुद्ध भएको छ ।

लगातारको वर्षासँगै सडक छेउमा आएको पहिरोको लेदोको कारण सडक अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौं भित्रिने र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् । सुरुङमार्गको प्रवेशद्धार अगाडिपट्टि आएको पहिरो बाट झरेको लेदो सडकमा आउँदा अवरुद्ध भएको हो ।

पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएको कारण पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ । काठमाडौं प्रवेशद्धार छेवैमा सडक अवरुद्ध हुँदा संघीय राजधानी प्रदेश गर्ने र बाहिरने यात्रु अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया