Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोसी ब्यारेजबाट सप्तकोसीमा खसेको यात्रुवाहक बसका सबै यात्रुको सफल उद्धार गरिएको छ। बा १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स बस ब्यारेजको ३५ नम्बर ढोकाबाट दक्षिणतर्फको पर्खाल भत्काएर नदीमा खसेको थियो। सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेका अनुसार, बसमा चालक, सहचालक र यात्रु गरी १७ जना सवार थिए।

घटनामा घाइते भएका १७ जनामध्ये १२ जनालाई सुनसरीको कोसी हेल्थ केयर अस्पतालमा र बाँकी ४ जनालाई भारदह अस्पतालमा उपचार भइरहेको छ। बसका चालक सिरहा, लहानका ३५ वर्षीय चन्दन कुमार मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया