Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६ अर्ब भन्दा बढीको स्मार्ट फोन नेपाल भित्रिएका छन्। भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार साउन र भदौ महिनामा ४ लाख ५४ हजार ९५८ थान मोबाइल नेपाल भित्रिएका छन्। यससँगै, केही समयअघिसम्म ठप्प रहेको मोबाइल व्यवसायले फेरी चलायमान रुप लिएको देखिन्छ।

नेपालले विभिन्न देशहरूबाट स्मार्टफोन आयात गर्ने गरेको छ। जसमा सबैभन्दा बढी फोन भारत र चीनबाट आयात हुने गर्दछ। साउन र भदौमा मात्र चीनबाट ४ अर्ब ६ करोड रुपैयाँ बराबरका ३ लाख १८ हजार थान फोन आयात भएका छन्। भारतबाट भने २ अर्ब ५५ करोड रुपैयाँ बराबरका १ लाख ३५ हजार थान मोबाइल नेपालमा आएका छन्। यसबाहेक, अस्ट्रेलिया, बंगलादेश, जापान, अमेरिका र अन्य देशहरूबाट पनि थोरै परिमाणमा स्मार्टफोन आयात हुने गरेको छ।

 

 

तपाईको प्रतिक्रिया