Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – एकदिन ५०० जना सम्म चढ्न सक्ने गरी खुला गरिएको धरहरा हालका लागि प्रवेश निःशुल्क गरिएको छ ।  सालको विनाशकारी भूकम्पमा ढलेको पुरानो धरहराको स्थानमै नयाँ धरहरा निर्माण गरिएको हो।

संविधान दिवसको अवसरमा धरहरा सर्वसाधारणका लागि खुला गरिएको भए पनि यसको निर्माण ९८ प्रतिशत मात्रै पूरा भएको सहरी विकास मन्त्रालयले जनाएको छ।

निर्माण पूरा नभएपनि २०७८ साल वैशाख ११ मा केपी ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएका थिए। बिहीबार बिहानैदेखि सर्वसाधारणहरू धरहरा चढ्न लामबद्ध देखिएका छन् ।

मन्त्रालयका अनुसार निर्माण पूरा नभएसम्म धरहराको प्रवेश निःशुल्क हुनेछ।

तपाईको प्रतिक्रिया