Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी हिनामिना प्रकरणमा दोषी ठहर गर्दै कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ। नेकपा एमालेका सांसद सूर्यबहादुर थापाक्षेत्रीले प्रतिनिसभामा पेश गरेको प्रतिवेदनमा लामिछानेसहित नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी, कुमार रम्तेल र गितेन्द्रबाबु राई (जीबी)लाई कारबाही गर्न भनिएको छ।

समितिले गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि तीन ठूला सहकारीबाट ८१ करोड रुपैयाँभन्दा बढी रकम उठाएको पत्ता लगाएको छ। रम्तेल हाल जेलमै छन् भने राई फरार छन्। लामिछाने र जोशी फरार नरहे पनि अनुसन्धानमा नसमेटिएकोप्रति सरकारमाथि दबाब छ।

रास्वपाका नेताहरूले लामिछानेलाई ‘क्लिन चिट’ पाइएको दाबी गरिरहेका छन्। सांसद डा. स्वर्णिम वाग्लेले लामिछानेले मुख्य आरोपबाट निर्दोष सावित भएको दाबी गरेका छन्। तर, समितिका सभापति सूर्यबहादुर थापाले लामिछानेले ‘क्लिन चिट’ पाएको भन्ने दाबीलाई अस्वीकार गर्दै गलत प्रचार भएको बताएका छन्। तर, संसदीय समितिका संयोजक थापाले भने लामिछानेलाई ‘क्लिन चिट’ पाइएको दाबी गर्ने उपसभापति वाग्लेसहितका रास्वपाका नेता–कार्यकर्तामाथि नै प्रश्न उठाएका छन् ।

संयोजक थापाले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा, ‘क्लिन चिट’ भनिरहेका रास्वपा–नेता कार्यकर्ताहरूतर्फ इंगित गर्दै भनेका छन्, ‘जान्नेलाई छान्नुस्, हामी जान्ने हौँ, हामीलाई छान्नुस् भन्ने मानिसले प्रतिवेदनमा लेखेको, चश्मा हेरेर खोलेर हेर्दा थाहा पाउने चिजको डिस्टोर्सन गर्ने ? क्लिन चिट कहाँ छ ? कुन लाइनमा छ ? कुन प्यारामा छ ? कारबाही सिफारिसको अंग्रेजी अनुवाद क्लिन चिट हुन्छ ? कहाँ पढ्नुभएको हो ? कुन स्कुलमा पढ्नुभएको हो ? कुन युनिभर्सिटीमा पढ्नुभएको हो ?’

 

तपाईको प्रतिक्रिया