Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा क्लिन चिट पाएको भन्दै दाबी गर्नु पूर्णतः झुटो भएको बताएका छन्। संसदीय छानबिन समितिले लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिस गरिसकेको अवस्थामा, लामिछाने र उनका नेताहरूले गलत रूपमा आफूलाई निर्दोष सावित गरिएको भनी प्रचार गरिरहेकोप्रति पोखरेलले आलोचना गरेका छन्।

फेसबुकमा पोखरेलले लामिछाने र उनका नेताहरूको नियत प्रष्ट भएको उल्लेख गरेका छन्। उनले लामिछानेको नाम नलिई कुनै कम्पनीको कार्यकारी निर्देशकले कम्पनीको वित्तीय स्रोत र दायित्वको जानकारी नराखिकन बिना लगानी सेयर होल्डर बनेको र मनलाग्दी खर्च गरेको घटनालाई ‘सफेद झुट’ भनेका छन्।

पोखरेलले थपे, “कम्पनीको सीईओले पैसाको स्रोत र जिम्मेवारी नबुझी मनलाग्दी खर्च गर्न सक्छ र त्यो उसको जिम्मेवारी बाहिर पर्छ भन्ने धारणा राख्नेहरू वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोज्दै छन् भन्ने प्रष्ट हुन्छ।”

तपाईको प्रतिक्रिया