Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे भ्रम नछर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेका छन् । ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको निर्णय पढ्न उनले आग्रह गरेका हुन् ।

रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेले समितिबाट ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका छन् । शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘क्लिन चिट कि क्लियर चिट ? स्पष्ट हुनोस् ! प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ ! बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले ! चिट ( cheat ) को अर्थ- बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै !’

उनले पार्टीलाई आफ्नो नाम परिवर्तन गर्न पनि सुझाव दिएका छन् । स्वतन्त्र मन बनाएका नागरिकको भावनात्मक आवेश क्यास गर्न ‘स्वतन्त्र’ नाम रोजे पनि अब त्यसलाई छाडेर दलको नाम राख्न उनको सुझाव छ । ‘कतिपय असन्तुष्टिको माहौलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभो, एउटा आकार बनाउनुभो ! अब स्वतन्त्र छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना !,’ उनले लेखेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया