Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा एउटा गाडी खसेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली क्रेनको सहायताले गाडी निकाल्ने प्रयासमा जुटेका छन्।

नदीमा गाडी खसेको भए पनि कुन गाडी हो भन्ने अझै यकिन हुन सकेको छैन। स्थानीय बासिन्दाले नदीमा गाडीका दुईवटा टायर देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। तर, पानीको बहाव बढिरहेकोले गाडी निकाल्न कठिनाइ भइरहेको छ।

तपाईको प्रतिक्रिया