Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रति तोला तीन हजार रुपैयाँले वृद्धि भएर फेरि नयाँ रेकर्ड बनाएको हो।

यसअघि गत बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढी हो।

त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार प्रति तोला १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी, आज ६५ रुपैयाँले बढेर प्रति तोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया