Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच झापामा भेटवार्ता भएको छ। केही दिनअघि झापा पुगेका पूर्वराजालाई भेट्न अध्यक्ष लिङ्देन बुधबार दमकस्थित हिमालयन चिया बगानमा पुगेका हुन्। लञ्च मिटिङसहित करिब चार घण्टा लामो छलफलमा समसामयिक राजनीतिक अवस्था र विविध विषयमा कुराकानी भएको बताइएको छ। लिङ्देन निकट स्रोतले भेटवार्ताबारे विस्तृत जानकारी दिन नचाहेपनि महत्त्वपूर्ण विषयहरूमा छलफल भएको संकेत गरेको छ।

अध्यक्ष लिङ्देनले सोमबार विराटनगर र मंगलबार विर्तामोडमा पार्टीका कार्यक्रमहरूमा सहभागिता जनाएपछि बुधबार पूर्वराजासँग भेट गरेका हुन्। कांग्रेस र एमालेको गठबन्धन सरकारले संविधान संशोधनको विषय उठाइरहेको, देशमा आन्दोलनको माहौल बनिरहेको र राप्रपाले राजसंस्था पुनःस्थापनाको एजेण्डालाई निरन्तर अघि सारिरहेको सन्दर्भमा यो भेटलाई विशेष महत्त्वका साथ हेरिएको छ।

राप्रपाले राजसंस्था पुनःस्थापनाका साथै हिन्दुराष्ट्रको पुनःस्थापना र प्रदेश संरचनाको खारेजी लगायतका मुद्दाहरूलाई प्रमुख रूपमा उठाउँदै आएको छ। यसै सिलसिलामा पार्टीले ४० बुँदे माग राखेर विभिन्न आन्दोलनका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।

तपाईको प्रतिक्रिया