समाचार सुन्नुहोस :
काठमाडौँ – अबदेखि सरकारी कार्यालयमा शेयर कारोबार गर्न रोक लगाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, सरकारले देशभरका सरकारी कार्यालयमा शेयर कारोबार प्रणाली (टीएमएस) मा प्रतिबन्ध लगाएको जानकारी दिएका हुन्।
उनका अनुसार, सरकारी कार्यालयमा शेयर कारोबार गर्दा कार्यालयका काम प्रभावित भएको गुनासो आएकाले सरकारले यस्तो कदम चालेको हो। अबदेखि कुनै पनि मन्त्रालय, आयोग, सचिवालय वा स्थानीय तहका कार्यालयमा टीएमएस मार्फत कारोबार गर्न पाइने छैन। प्रधानमन्त्री ओलीले सरकारी कार्यालयमा अबदेखि सरकारी काम मात्र गर्न सबैलाई आग्रह गरेका छन्।