Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार बजार ५५.८६ अंकले घटेको छ । आइतबार २७ सयको बिन्दुमा रहेको सेयर बजार आज २६४६.०३ विन्दुमा कायम भएको छ । आज कारोबार रकम पनि ९ अर्ब ४३ करोडमा झरेको छ । सबै समुह राताम्मे छ ।

सोमबार ३२७ कम्पनीको २ करोड १० लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । आज कारोबार भएकामध्ये २२ कम्पनीको मात्रै मूल्य बढेको छ भने २२२ कम्पनीको मूल्य घटेको छ। आज कुनै पनि कम्पनीको शेयर मूल्य स्थिर रहेन।

आज उन्नति सहकार्य लघुवित्त र शृजनशील लघुवित्त कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । बजार उच्च अङ्कले ओरालो लागेको दिन हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर भने झन्डै नौ प्रतिशतले बढेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया