समाचार सुन्नुहोस :
काठमाडौँ – सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आइतबार प्रतितोला १,२०० रुपैयाँले घटेको सुनको भाउ आज १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला १,७५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँले बढेर प्रतितोला १,७५५ रुपैयाँमा किनबेच भइरहेको छ।