Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंहलाई पहिलो सन्तानको रुपमा पुत्रीलाभ भएको छ । गणेश चतुर्थीको एक दिनपछि उनीहरूको घरमा छोरीको आगमन भएको हो।

शनिबार दिउँसो व्यथाले च्यापेपछि दीपिकालाई मुम्बईको गुरगाउँस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो। ६ सेप्टेम्बरमा दीपिका सिद्धिविनायक मन्दिरमा गणेश भगवानको दर्शनका लागि पुगेकी थिइन्। यसै वर्षको फेब्रुअरी २८ मा दीपिकाले सामाजिक सञ्जालमार्फत आफ्नो गर्भावस्थाको घोषणा गरेकी थिइन्।

शुक्रबार दिउँसो दीपिका र रणवीर दुवै सिद्धिविनायक मन्दिरमा सन्तानको आगमनको पूजापाठ गर्न गएका थिए। दीपिका हरियो साडीमा सजिएकी थिइन् भने रणवीर कुर्ता–पाजामा देखिएका थिए। यस अवसरमा दुवै परिवारका सदस्यहरूको पनि उपस्थिति थियो।

तपाईको प्रतिक्रिया