Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अस्थिरताको मार्गतर्फ धकेल्ने प्रयास गरेको आरोप लगाएका छन्। प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजेको महासचिव पोखरेलले बताएका छन् ।

बिहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा पोखरेलले प्रचण्डले श्रीलंका र बंगलादेशको उदाहरण दिँदै दिएको अभिव्यक्तिलाई अलोकतान्त्रिक र देशलाई संकटतर्फ लैजाने खाले भएको बताएका हुन्।

‘माओवादी अध्यक्ष प्रचण्डको अतिवादी दृष्टिकोणबाट अनेक खाले अस्थिरता मच्याउने काम भइरहेको छ,’ उनले भने, ‘प्रतिपक्ष दलका नेता प्रचण्डको असंसदीय राजनीतिका कारण संसदभित्र किचलो भएको छ। प्रतिपक्ष दलको नेताले श्रीलङ्का र बङ्गलादेशको उदाहरण दिन हुन्थेन। यो लोकतान्त्रिक हुन सक्दैन।’

 

तपाईको प्रतिक्रिया