Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा एक बालक खोलाले बगाएर बेपत्ता भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार रसुवाका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङलाई मंगलबार साँझ लोलाङको तरकारी बजार नजिक नागिन खोलाले बगाएको हो।

सोही दिनदेखि खोजी कार्य जारी रहे पनि हालसम्म बालकको अवस्था अज्ञात छ। खोलामा छाता खस्दा टिप्ने क्रममा ती बालक बगेका थिए। बालक र उनको परिवार रसुवाको उत्तरगया गाउँपालिका–१ का बासिन्दा हुन् र हाल तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वर ढुंगाधारमा बस्दै आएका थिए।

 

 

 

 

तपाईको प्रतिक्रिया