Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गण्डकी प्रदेश सरकारमा सोमबारको मन्त्रालय बाँडफाँडपछि स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन्। आइतबारसम्म भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका मनाङेलाई सोमबार वन मन्त्रालयमा सरुवा गरिएपछि उनले असन्तुष्टि जनाउँदै पद त्यागेका हुन्।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा एमालेलाई सरकारमा सामेल गराउन मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए तर मनाङेले यो परिवर्तन स्वीकार गर्न नसकी राजीनामा दिएका छन्। उनको स्थानमा एमालेका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा पाएका छन्।

मुख्यमन्त्री पाण्डेले दुई मन्त्रालय फुटाएर मन्त्रालयको संख्या ९ पुर्‍याएका थिए। यद्यपि, मनाङेले वन मन्त्रालय स्वीकार नगर्ने भन्दै पद त्याग गरेका छन्। उनले राजीनामा पत्र मुख्यमन्त्रीलाई पठाइसकेको बताएका छन्।

तपाईको प्रतिक्रिया