Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डिसेम्बरमा चीन भ्रमणको तयारी थालेका छन् । हालसम्म भारतबाट भ्रमणको निम्तो नपाएका ओलीले छिमेकीसँग सन्तुलन कायम राख्न चीनसँग सम्बन्ध प्रगाढ बनाउन प्रयासरत छन् ।

कांग्रेसका केही नेताहरूले ओलीलाई भारतसँग सम्बन्धमा तिक्तता रहेको ठानेका छन् भने एमालेका नेताहरूले यसलाई सामान्य घटना मानेका छन् । ओलीले चीनसँगको बेल्ट एन्ड रोड इनिशिएटिभ (बीआरआई) सम्झौतासम्बन्धी प्रगति सोधेका छन् ।

बीआरआई कार्यान्वयनमा अनुदान प्राथमिकता दिनुपर्ने तर्क कांग्रेसले गरेको छ भने एमालेका नेताहरूले नेपाललाई घाटा नहुने गरी परियोजना अघि बढाउनुपर्ने बताएका छन् । यस क्रममा नेपालले चीनलाई पोखरा विमानस्थलको ऋण मिनाहा गर्न पनि आग्रह गरिरहेको छ ।

विश्लेषकहरूले भने उच्चस्तरीय भ्रमणमा ठोस योजना र प्राथमिकता निर्धारणको आवश्यकता रहेको औंल्याएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया