Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २८, २०८१
Wednesday, November 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको छ। अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू खुशीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार उनलाई सफाइ दिएको हो।

अर्यालसहित १२ जनाविरुद्ध अख्तियार अनुसन्धान आयोगले ९ असार, २०८१ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीहरूमाथि सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिने आरोप थियो। अर्यालसँगै आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक रितेशकुमार शाक्य, उपमहानिर्देशक टंकप्रसाद पाण्डेय, निर्देशक गणेशविक्रम शाही शाखा अधिकृत रविन्द्र प्रसाद पौड्याल लगायतमाथि पनि मुद्दा चलाइएको थियो।

मुद्दा चलाइएका अन्य व्यक्तिहरूमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र तत्कालीन निर्देशक सफल श्रेष्ठमात्र दोषी ठहर भएका छन्। दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण २५ मंसिरमा हुने विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिएका छन्।

 

 

 

 

तपाईको प्रतिक्रिया