Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भिडिओ सामग्री प्रस्तुत गर्ने कार्यक्रम ‘हेर्ने कथा’का मार्फत ३५ वर्षपछि परिवारसँग पुनः मिलन गरेका प्रकाश तामाङ ‘काले’ भोजपुर फर्केका छन्। उनी गोरखाबाट भोजपुर गएका हुन्। एक वर्ष अघि ‘हेर्ने कथा’को हराएका वर्षहरू विशेष श्रृङ्खलामा प्रकाश तामाङ घर पुगेका थिए। त्यसपछि दशैँ तिहारको समयमा उनी भोजपुर पुगेपछि गोरखाको चुमभ्याली गएका थिए ।

प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख रुपैयाँ दिने वचन दिएका छन्। साथै, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले गाउँपालिकाबाट १ लाख रुपैयाँ प्रदान गरिने जानकारी दिएका छन्। प्रकाश तामाङलाई जनप्रतिनिधिहरू र स्थानीयले खादा लगाएर सम्मान गर्दै बिदाई गरेका छन्। प्रकाशले घर फर्केपछि नागरिकता बनाउने योजना बनाएका छन्। बैंक खाता खोल्नेबित्तिकै साहूले १० लाख र गाउँपालिकाले थप १ लाख रुपैयाँ दिने सहमति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङको पारिवारिक पुनर्मिलनले आफूलाई भावुक बनाएको बताउँदै हिजो प्रकाशसँग भेटेर उनको कथा सुन्ने इच्छा व्यक्त गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया