Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन ०२, २०८१
Wednesday, September 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – थाइल्याण्डमा आयोजना हुने भनिएको छैटौँ बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास) शिखर सम्मेलन हाललाई स्थगित गरिएको छ। थाइल्याण्डमा नयाँ प्रधानमन्त्रीको नियुक्ति, बंगलादेश र म्यानमारमा चलिरहेका आन्तरिक द्वन्द्व लगायतका कारणहरूले बिमस्टेक सम्मेलन स्थगित भएको हो।।

यस सम्मेलनको आयोजना आगामी सेप्टेम्बर ४ र ५ (भदौ १९ र २०) मा थाइल्याण्डमा हुने घोषणा गरिएको थियो। परराष्ट्र मन्त्रालयका उच्चस्रोतका अनुसार थाइल्याण्डले नेपाललाई मौखिक रूपमा सम्मेलन स्थगित भएको जानकारी गराइसकेको छ, यद्यपि औपचारिक लिखित सूचना आउन बाँकी छ।

थाइल्याण्डको आन्तरिक राजनीतिक परिस्थितिलाई कारण देखाउँदै सम्मेलन स्थगित गरिएको बुझिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालको प्रतिनिधिमण्डलले यस शिखर सम्मेलनमा भाग लिने तयारी गरेको थियो।

तपाईको प्रतिक्रिया