Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमा देशमा महिला प्रधानमन्त्री बनाउने आफ्नो सोच रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित काठमाडौँ युथ कन्क्लेभमा बोल्दै, उनले महिला प्रधानमन्त्री बनाउन चाहने इच्छा व्यक्त गरे।

‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ। नेपालले महिला प्रधानमन्त्री कहिले पाउने?,’ प्रश्न गर्दै ओलीले भने,‘रियालिटीमा दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुश्किल हुनसक्छ। तर, छिट्टै बनाउने तयारीबारेमा सोचिरहेको छु।’ ओलीले आफ्नो कार्यकालमा देशले पहिलो महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख, महिला रक्षामन्त्री र पछिल्लो समय महिला मुख्यसचिव पाएको स्मरण गराए।

प्रधानमन्त्री ओलीले सरकारको एक नियम अनुसार कुनै पनि विदेश भ्रमण वा प्रतिनिधिमण्डलमा महिला अनिवार्य रूपमा सामेल हुनुपर्ने बताए। उनले सरकारको महिलाहरूका लागि थुप्रै काम गरेको उल्लेख गर्दै, सबै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने दिशामा आफ्नो महत्वपूर्ण भूमिका रहेको पनि बताए। प्रधानमन्त्रीले वर्तमान सरकारप्रति विश्वास राख्न आग्रह गर्दै, देशमा परिवर्तन ल्याउन आफू प्रधानमन्त्री बनेको स्पष्ट गरे। “यो सरकार केही परिवर्तन गर्नका लागि बनेको हो,” उनले भने।

तपाईको प्रतिक्रिया