Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३५ पैसा र बिक्री दर १७४ रुपैयाँ १३ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७२ पैसा र बिक्री दर ३६ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जापानीय येनको बिक्री दर बढेको छ भने चिनियाँ युआनको विनिमय दर घटेको छ ।

तपाईको प्रतिक्रिया