Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा आज भारत भ्रमणमा जाँदैछिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी चार दिन लामो भारत जान लागेकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राणा आज बिहान ११:३० बजे भारत प्रस्थान गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको औपचारिक भ्रमणमा उनले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी छ । परराष्ट्रमन्त्री राणाको भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत नयाँ दिल्लीले दिएको छ ।

मन्त्री राणाको भ्रमणको पूर्व सन्ध्यामा विज्ञप्ती जारी गर्दै नयाँदिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको छ । नयाँ दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग राणाको भेटघाटको प्रबन्ध मिलाइने वचन पनि दिएका छन् ।

यसअघि उपचारको सिलसिलामा राणा नयाँदिल्ली जाने योजनामा रहेपनि उनको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए । भारतीय विदेशमन्त्री डा. जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया