Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भाँसिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । अघिल्लो वर्ष सडक छेउको घर भाँसिएको स्थानमा थप पहिरो जाँदा सडक भाँसिएको हो ।

नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको स्थानमा मर्मतका लागि दिउँसो १ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । विनयी त्रिवेणी गाउँपालिका-२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गर्न लागिएको हो ।

यस खण्ड भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए । ​बुटवल-नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर छ । त्यहीँ माथि सडक भाँसिदा पूर्व-पश्चिम आउजाउ गर्ने सवारीसाधन र यात्रु लामो जाममा पर्छन् ।

तपाईको प्रतिक्रिया