समाचार सुन्नुहोस :
काठमाडौँ – बंगलादेशमा भइरहेको हिंसात्मक प्रदर्शनका क्रममा हिन्दु समुदायमाथि भइरहेको संगठित आक्रमणको विषयमा राप्रपा नेपालले कडा आपत्ति जनाएको छ। आज सार्वजनिक गरिएको विज्ञप्तिमा पार्टीले धार्मिक आस्थाको आधारमा गरिने कुनै पनि प्रकारको हिंसा प्रति सचेत रहन आग्रह गरेको छ।
राप्रपा अध्यक्ष थापाले वक्तव्यमा सत्ता परिवर्तनपछिको आन्दोलनका क्रममा हिन्दुहरू माथि भएका अमानवीय र निर्मम आक्रमण तथा मन्दिरहरुमा भएको तोडफोडलाई मानवअधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेका छन्।
प्रकाशित मिति: शनिबार, साउन २६, २०८१
प्रकाशित समय: १५:४४:४८