समाचार सुन्नुहोस :
काठमाडौँ – इराकको संसदमा विवाहको उमेर घटाउने विवादास्पद कानुन प्रस्ताव गरिएको छ। यस कानुन अनुसार महिलाले ९ वर्षको उमेरमा र पुरुषले १५ वर्षको उमेरमा विवाह गर्न सक्ने प्रावधान समावेश गरिएको छ।
हालको इराकी कानुनमा विवाहका लागि १८ वर्षको उमेर तोकिएको छ। तर, इराकको कानुन मन्त्रालयले संसदमा पेश गरेको नयाँ विधेयकले विवाहका लागि धार्मिक कानुन वा फौजदारी कानुन छनोट गर्ने अधिकार दिन्छ।
यस कानुनको प्रस्तावलाई महिला अधिकारकर्मीहरूले कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार यदि यो कानुन पारित भएमा ९ वर्षकी बालिका र १५ वर्षका बालकले विवाह गर्न सक्नेछन्, जसले बालविवाहको समस्या बढ्ने र किशोरीहरूको शिक्षा र स्वास्थ्यमा गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रकाशित समय: २१:१६:१४