Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । ह्वाइट हाउसले राष्ट्रपतिलाई खोप लगाइएको र अहिले आराम गरिरहेको बताएको छ ।

बाइडेनलाई यसअघि पनि दुई पटक कोरोना सङ्क्रमण भइसकेको छ । ८१ वर्षीय बाइडेन बुधबार लास भेगासमा भएको चुनावी सभामा भागलिन पुगेका थिए । एउटा कार्यक्रममा सहभागी भएका उनले त्यसपछिका कार्यक्रम रद्द गरेका थिए । गत जुनको अन्त्यमा ट्रम्पसँगको चुनावी बहसमा खराब प्रदर्शनपछि उमेरका कारण पद छोड्न उनीमाथि चर्को दबाब आएको छ। फेरि उनलाई यही समयमा यो रोग आएको हो ।

राष्ट्रपति ट्रम्पलाई डेलावेयर स्थित आफ्नो निवासमा आइसोलेट गर्ने लागिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले बाइडेनको डाक्टरको नोट पनि सार्वजनिक गरेको छ । ह्वाइट हाउसले सार्वजनिक गरेको नोटमा बाइडेनलाई श्वासप्रश्वासका लक्षणहरू, नाकबाट सिगान बग्ने र खोकी लागेको बताएको छ ।

तपाईको प्रतिक्रिया